Nepal Dakhi Americasamma

415.00

कुनै वेलाको चर्चित उपन्यास हो यो । तीसको दशकको त्रिभुवन विश्वविद्यालयको परिवेशमा आधारित यस उपन्यासले तात्कालीन विद्यार्थीहरुको मनोविज्ञान, शैक्षिक क्षेत्रका विकृति र राज्यसंयन्त्रको निरङ्कुशताका बारेमा निकै मिठोसँग चिरफार गरेको छ ।
उपन्यासमा प्रजातन्त्र र देशप्रेम निकै प्रष्टसँग प्रकट भएको छ । निरङ्कुशता र विकृतिका कारकहरुमाथि उपन्यासकार निकै कठोर रुपले प्रस्तुत भएका छन् ।
यसका पात्र सजीव छन् । पढ्दै जाँदा कतिपय पात्र त पाठकका सामुन्नेमै उभिन आइपुग्छन् । उपन्यासकार शर्माको झर्रो र लालित्यपूर्ण भाषाले उपन्यासलाई जिवन्त बनाएको छ ।
X