Joor Bandukko Chhaya

395.00

आधुनिक नेपालको सङ्गठित सशस्त्र माओवादी विद्रोहबारेको यस पुस्तकमा जति मेरा शब्द छन्, त्योभन्दा ज्यादा शब्द अरु नै पक्षका छन् । विद्रोहमा संलग्न, प्रतिरोधमा समावेश र जोर बन्दुकको चेपुवामा परेका सर्वसाधारणका शब्द । पुस्तकमा कतै द्वन्द्वकालमा मैले अखबारका लागि गरेका रिपोर्टिङ उद्धृत छन्, कतै सोधखोज छ त कतै टिपनटापन र सम्झनाका टुक्राटाक्री ।

विद्रोह सकियो तर तिनले मान्छेमा पारेका भौतिक र मानसिक असर बाँकी नै छन् । जे हुनु भैगो, यसलाई भुलौं र भुल्नका लागि सबैलाई मान्य हुने गरी कानुनी संयन्त्रमार्फत द्वन्द्वका कुरालाई सुल्झाऊँ भन्नेमा राजनीतिक दलहरुले पटक्कै ध्यान दिएनन् । सरल र सहज तरिकाबाट समाधान गर्न सकिने द्वन्द्वकालीन न्यायको विषयलाई किन जटिल बनाइदै छ ? आम मानिसका यस्तै सवालका जवाफ पुस्तकमा समेटिएका छन् ।

X