Sikai Ra Sahayog

395.00

बालसिकाइका प्रारूप (सुनाइ, बोलाइ, पढाइ, लेखाइ) मान्छेमा जीवनभर रहन्छन् । सिकाइकै माध्यमबाट हामीले प्रदर्शन गर्ने व्यवहार फरक हुन्छ, सामाजिकता र निजत्वमा भिन्नता आउँछ । सिकाइको यसै प्रक्रियामा व्यावहारिक सिकाइको अर्को कडी हो सिकाइ र सहयोग ।

सैद्धान्तिक र व्यावहारिक कसीमा घोटिएको सिकाइ सामाजिक जीवनका हरेक क्षेत्रमा उपयोगी हुन्छ । अनुभव र अनुभूतिका माध्यमबाट पोखिएको ज्ञान आफैमा विशिष्ट सिकाइ हो । यसले सोच्ने शैलीसँगै अनुभूतिलाई व्यवहारिकतामा ढाल्ने सिप सिकाउँछ । शैक्षिक क्षेत्रका वरिष्ठ सर्जक खगराज बरालको यस कृतिले दैनन्दिन जीवन बाँच्ने निरन्तर पद्धतिमा धीरता र सहज जिउने कला सिकाउँछ ।

X