Samantako Relay Daud

400.00

समान अधिकार प्राप्तिको आन्दोलनको विश्वव्यापी परेडमा नेपाली महिला पनि विभिन्न तवरबाट सहभागी हुँदै आएका छन् । सडकदेखि संसद्, रेडियो, पत्रिका, टेलिभिजनजस्ता सार्वजनिक बहसका विविध माध्यम हुँदै यो आन्दोलन इन्टरनेट र यसका विभिन्न सामाजिक सञ्जालसम्म पुगेको छ । अघिल्ला पुस्ताले असमानता विरुद्धको संघर्षमा गरेका बलिदानका कारण पछिल्लो पुस्ताले हिँड्ने बाटो केही हदसम्म सजिलो भएको छ । तथापि, समानताको पूर्ण प्रत्याभूति नभइसकेकोले यो लडाइँ अझै जारी छ ।

समानता र अन्य सामाजिक-राजनीतिक उद्देश्यका लागि महिलाले गरेका संघर्ष र तिनका कारण प्राप्त उपलब्धिको पर्याप्त अभिलेखीकरण नभएको परिप्रेक्ष्यमा निजी/पारिवारिक चौघेरा तोडेर सार्वजनिक वृत्तमा आइपुगेका महिलाको संघर्ष, योगदान र व्यक्तिगत अनुभूतिलाई यो पुस्तकमा अभिलेखबद्ध गरिएको छ । बितेको करिब आधा शताब्दीमा महिला आन्दोलनका क्षेत्रमा सक्रिय विभिन्न उमेर, पेसा, जाति-समुदाय र भूगोलका एक दर्जन महिला अभियन्ताले यो क्षेत्रमा गरेका कामको अभिलेखीकरण अन्तर्वार्ताहरू मार्फत गरिएको छ । नितान्त वैयक्तिक दैनन्दिनका भोगाइ वा कार्यस्थलबाटै समानताको आन्दोलन वा अभियान शुरू हुन सक्छ र त्यसले बृहत्तर आन्दोलनको स्वरूप ग्रहण गर्न वा परिवर्तन ल्याउन सम्भव छ भन्ने उदाहरण यी अन्तर्वार्तामा देख्न सकिन्छ । नेपालको महिला तथा सामाजिक आन्दोलनबारे चासो र रुचि राख्ने जोसुकैलाई यो पुस्तक उपयोगी हुनेछ ।

X