Sallipir

348.00

लू, उलारजस्ता सर्वोकृष्ट उपन्यासका लेखक पाण्डेको यो सातौं उपन्यास हो । आफू हुर्केको पश्चिम तराईलाई आफ्नो कथा, उपन्यासका परिवेश बनाउँदै आएका पाण्डे सल्लीपिरमा हिमाली भूभागतर्फ उक्लेका छन् । सल्लीपिर हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो । प्रतिकात्मक रुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ । तिनका सपना र ती सपनाहरुलाई बेवास्ता गरिरहेको हाम्रो राजनीतिको कुरुप अनुहार पनि यसमा देखाउने प्रयास गरिएको छ । यसमा तीन पुस्तको कथा छ । हिमाल आरोहणका सुखदुःख छन् । चौरी गोठालाका व्यथा र आनन्द छन् । एउटा बालकको किताब पढ्ने रहर छ र त्यो रहर पूरा गर्न अनेकौं समस्याको सामना गर्ने आमाको संघर्षको कथा छ ।
नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन् । समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका तीन कथासङ्ग्रह र सात उपन्यास प्रकाशित छन् ।
X