Saaya

300.00

समर लभमा केही कुरा थिए जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतुहल र जिज्ञास बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल ।
समर लभमा मुकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् । र, पटाक्षेप हुन्छ प्रेमका विविध रङ्गहरू ।
मनोविज्ञान, व्यङ्ग्य र भावुकता भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैंलाई पाउनेछन् ।

‘कथाकी पात्र’ कथासङ्ग्रह (२०६७) बाट नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका युवा आख्यानकार सुबिन भट्टराईको दोस्रो कृति ‘समर लभ’ (२०६९) पहिलो उपन्यास हो । ‘समर लभ’ को सिक्वेल ‘साया’ हो ।

X