Niti Darpan

525.00

पूर्वीय समाजमा विदुर र चाणक्य नीति तथा भर्तृहरिका तीन शतकलाई बुहमूल्य निधिका रुपमा लिइन्छ । वर्षौको साधना र अनुभवबाट खारिएका ती नीतिहरुले युगयुगदेखि मानिसलाई ब्यवहारोपयोगी ज्ञान प्रदान गर्दै आएका छन् ।
हामीले यसमा संस्कृतका मौलिक श्लोकहरुसँगै तिनको अर्थ र सटिक व्याख्यासमेत समावेश गरेका छौं । यिनले दैनिक घरव्यवहार सञ्चालनदेखि सामाजिक संघसंस्था र राज्य संचालनसम्मका लागि मार्गदर्शन प्रदान गर्छन् । इमानदारी र कर्मयोगको उर्जा दिन्छन् ।
नैतिक मूल्य मान्यता र संस्कारको स्खलन भइरहेको वर्तमान समयमा यी नीतिहरुको महत्व अरु बढ्न गएको छ । नयाँ पुस्तालाई सभ्य, सुसंस्कृत र कर्मयोगी बनाउन चाहने हरेक घरका लागि यो कृति अति आवश्यक छ ।
X