Nepali Sahityako Itihas

465.00

नेपाली साहित्यको इतिहास र समालोचना धेरैले लेखेका छन् । तर झर्रोवादी अभियन्ता डा. तारानाथ शर्माको जस्तो प्रष्ट भएर, लोलोपोतो नगरी बिरलैले लेखेका छन् ।
खरा समालोचक शर्माले यस कृतिमा साहित्यिक इतिहासका मोडहरु र आन्दोलनहरुको सटिक विवेचना गरेका छन् । कतिपय वाद–वालाहरु र सर्जकहरुको त हुर्मत नै लिएका छन् । यद्यपि उत्कृष्ट सिर्जना र असली सर्जकहरुप्रतिको उनको आदरभाव पनि यथेष्ट मात्रामा भेटिन्छ ।
चाकडी र चाप्लुसीले संस्कारगत मान्यता पाउँदै गएको समाजमा यो कृतिको महत्व अरु बढ्न गएको छ । भाषा–विकासको आदिकालदेखि वर्तमानसम्म समेटिएको यो कृति नेपाली भाषा–साहित्यको इतिहास जान्न चाहनेका लागि साँच्चै पठनीय र सङ्ग्रहणीय छ ।
X