Indrajaal

298.00

इन्द्रजाल’ सामाजिक तथा राजनीतिक विषयका कथाहरूको सङ्ग्रह हो । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा देखिएका विसङ्गतिलाई रोचक र गम्मीर किसिमले दर्शाउन सक्नु सङ्ग्रहको मुख्य विशेषता हो । पुस्तकमा राजधानी र यसवरपरको काँठदेखि हिमाल र तराईसम्मको परिवेश, पात्र र सम्बन्धहरूको सङ्कटलाई प्राञ्जल भाषा र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
नारायण ढकाल सुपरिचित नेपाली आख्यानकार हुन् । कविता, निबन्ध, माक्र्सवादी सौन्दर्यशास्त्रमा हात चलाएका उनी राजनीतिक टिप्पणीकारका रूपमा पनि चर्चित छन् । उनका तीन उपन्यास, चार कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह र दुई निबन्ध सङ्ग्रह प्रकाशित छन् । उनका विचारोत्तेजक निबन्धहरूको सँगालो ‘शोकमग्न यात्री’ फाइनप्रिन्टबाट प्रकाशित छ ।
X