Corona Kairan

330.00

लेखक खगेन्द्र संग्रौला आजीवन आन्दोलनका पक्षमा रहे, जुलुसका पक्षमा रहे ।  लेखनमार्फत भुइँमान्छेका सतत् स्पर्श र अङ्कमालमा रहे । हठात् कोरोना महाव्याधि आयो । सर्वदा आम मानिससँग, तिनका दुःख–सुखसँग जोडिएका लेखक तिनका भौतिक सरसङ्गतबाट वञ्चित हुने खण्ड आइलाग्यो । लकडाउन नामक उनकै भाषामा ‘प्याकिसबन्दी’ सिर्जित बेचैनी, छटपटी, आक्रोश, हताशा र क्रोधहरुको सङ्ग्रह हो यो, कोरोना कैरन । यो संग्रौलाका अनुभव र अनुभूतिको निजी शृङ्खला मात्र होइन, सामान्य जनले भन्न खोजेका र भन्न चाहेका कुराहरुको सिलसिलाबद्ध प्रकटीकरण पनि हो ।

सत्ताले नागरिकलाई धोका देओस् र त्यो संग्रौलाको कटाक्ष र प्रहारबाट जोगियोस्, यो हुन सक्ने कुरा होइन । साइनबोर्डमा कम्युनिस्ट शब्द झुन्ड्याएको, गफमा समाजवादउन्मुख सत्ताले कोरोनाकालमा के–के जनद्वेषी काम गर्र्यो; कसरी नागरिकलाई घरमा थुनेर आफू चाहिं भ्रष्टाचार र पतनको प्रदेशमा फुक्काफाल डुल्दै हिंड्यो; कुन पाषाण हृदयले सर्वसाधारणलाई जीवन–मरणको दोसाँधमा छोडेर आफ्नो सर्वकालीन जनमारा धन्दामा लिप्त भयो; संग्रौलाले रिट्ठो नबिराई एक–एक हिसाब राखेका छन् । र, मान्छेविरोधी ठूलठूला मान्छेहरुलाई यसरी प्रहार गरेका छन्, आम मान्छेले स्वादले भन्नेछन्– ‘संग्रौलाले क्या ठीक लेखे !’

X