Chultho

275.00

कल्पना चिलुवालका कविता पढ्नु बिजुलीको नाङ्गो तार समात्नुजस्तो हो । एक खेप झनझनाउँछन्, दिल-दिमागका समग्र पाटपुर्जा । साथै, उनी जे भन्छिन्, दाल-भात-रोटीजस्तो सरल भाषामा भन्छिन् । जेरीजस्तो घुमाउरो र जाली पारा कहींकतै छैन । चिलुवाल गरिखाने, दुःखी, मजदुर र पसिनापरायणका पक्षमा चिन्तनशील छन् । उनको वैचारिकीको जग यही हो । यही जगमा निर्मित उनको काव्यजगत् सुन्दर छ, भव्य अनि स्वस्थ छ । उनी जेजस्ता विम्ब टिप्छिन्, वर्तमानबाट टिप्छिन्, मान्छेहरूका बीचबाट टिप्छिन् । उनको कविताको लोकमा भ्रमण गर्नु भनेको भावनाको उडनतस्तरीमा उड्नु होइन, भोगाइ र यथार्थका अँध्यारा, ओस लागेका गल्लीमा हिंड्नु हो । चिलुवाल आएकी छिन्, विद्रोहको एक मुठी उज्यालो र परिवर्तनको एक मुठी आकाङ्क्षा बोकेर । यावत् मैला-पुराना, रोगी-जीर्ण सत्ताहरूविरुद्ध मुठी-मुठी मिलेर बन्ने जुन आन्दोलन छ एउटा, उनका कविता त्यसैका हिस्सेदार हुन्, साझेदार हुन् ।

-विनोदविक्रम केसी

X