Balyakalka Padchapharu

398.00

जिउनलाई साना–ठूला संघर्ष गर्ने मानिसका झैं मेरा पनि केही अनुभव छन्, सुखका र दुःखका । सफलताका र विफलताका । स्वार्थका र त्यागका । थिचोमिचोका र असन्तोषका । हेलाँहोचोका र विरोधका । जीतका र हारका । जीवनको उकाली उक्लिन खोज्दा बाटामा घरीघरी चिप्लेर लडेका कथाहरु मेरा पनि छन् । कहिलेकाहीँ चौतारी हुँदै देउरालीसम्म पुगेर जीतबाजीको सास फेरेका क्षणहरु मेरा पनि छन् । हर्षमा हाँसेका केही कुरा छन्, पीडामा रोएका केही कुरा छन् । जीवनका यिनै झिना–मसिना कुरा गाँसिएर, अनुभवमाथि अनुभव थपिँदै जीवनका ठूल्ठूला कुरा बन्दारहेछन् । इँटमाथि इँट खप्टिँदै विशाल महल बनेजस्तै । जीवनका यस्तैयस्तै झिना–मसिना कथाहरुको सङ्ग्रह हो ‘बाल्यकालका पदचापहरू’ ।
स्तम्भकार, उपन्यासकार र निबन्धकार खगेन्द्र संग्रौलाका ‘जूनकीरीको सङ्गीत’ र ‘फूलमाया’ उपन्यास तथा ‘घोडा, इश्वर र मेरा बा’, ‘सम्झनाका कुइनेटाहरु’ आदि निबन्धसङ्ग्रह प्रकाशित छन् । ‘आफ्नै आँखाको लयमा’का लागि उनले पद्मश्री पुरस्कार (२०६८) प्राप्त गरेका छन् ।
X