Badalindo Nepali Samaj

350.00

बदलिँदो नेपाली समाज परिवर्तनको मझधारमा रहेको नेपाली समाजको जिउँदो तस्बिर हो । यस पुस्तकमा राज्यसत्ता, समाज, परिवार र व्यक्तिबीचका सम्बन्ध, सङ्घर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे माक्र्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो विश्लेषण गरिएको छ । यस पुस्तकमार्पmत नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ ।
चैतन्य मिश्र नेपालका अगुवा समाजशास्त्री तथा प्राध्यापक हुन् । मौलिक, आलोचनात्मक र अद्यावधिक सोचाइ एवम् लेखाइका लागि समाजशास्त्रीय क्षेत्रमा मिश्रजति उचाइ पाएका नेपाली चिन्तक कमै छन् । मिश्र नेपालमा विकसित भइरहेको विशिष्ट चरित्रको पुँजीवादबारे माक्र्सवादी दृष्टिकोणबाट खोज र विश्लेषण गर्दै आएका छन् ।
X