African Amigo

250.00

महेशविक्रम शाह कथामार्फत यथार्थको अद्भुत र अविस्मरणीय धरातल निर्माण गर्ने यथार्थवादी कथाकार हुन् । उनी हरेक दुःखलाई नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न, हेर्न र छाम्न सक्छन् । अनि त्यही जीवन्ततालाई पाठकसमक्ष प्रस्तुत गर्न सक्छन् । आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन प्रस्ट सुनिन्छ । उनका कथामा सरल र सहज शैली तथा त्यसबाट उजागर हुने कलात्मक सौन्दर्यको लोभलाग्दो बान्कीले सिर्जनात्मक प्रबलता पाइन्छ । ‘छापामारको छोरो’ कथासङ्ग्रहका लागि २०६३ को मदन पुरस्कार पाएका शाह वर्तमानका सशक्त हस्ताक्षर हुन् ।

X