Aago Niveko Chaina

498.00

२०१७ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई सैन्य शक्ति प्रयोग गरेर गिरफ्तार गरे । झन्डै आठ वर्षपछि २०२५ कात्तिक १४ का दिन कोइराला कारामुक्त हुनुभयो । स्वास्थ्योपचारको अलमल र यताउतिपछि उहाँले सशस्त्र क्रान्तिको अनिवार्यताको आह्वान गर्नुभयो । त्यस आह्वानको राजनीतिक औचित्य के थियो, त्यो बेग्लै कुरा हो । तर त्यस आह्वानले हरिहर विरही जस्ता भावुक स्वप्नदर्शीलाई क्रान्तिकारी बनायो । त्यस दृष्टिले हरिहर विरहीको यो संस्मरण नेपाली क्रान्ति कथाको एउटा अध्याय हो ।मैले यत्तिको वस्तुनिष्ठ संस्मरण पढेको छैन ।
X