Aafnai Aankhako Layama

380.00

लेखन शैली भनेको आफ्नै अनुहार हो । खगेन्द्र संग्रौलाको लेखनीमा आफ्नै अनुहार छ, जुन सचेत पाठकले सजिलै छुट्याउँछ । झर्रो भाषा र मन छुने शैलीमार्फत उनी हँसाइहँसाइ मानवीय प्रवृत्तिमाथि व्यङ्ग्य गर्छन् । यो ‘आफ्नै आँखाको लयमा’मा प्रस्ट देखिन्छ । यसमा जीवन भोगाइका सम्बन्धमा आफ्नै जीवनका केही पाटाहरु, पुराना लेखकहरुको लेखनगत प्रवृत्तिसँग जोडिएर आएको आनीबानी, विदेशयात्रा र लेखक बन्न चाहनेलाई टिप्ससहितको संस्मरणात्मक निबन्धहरु समावेश गरिएका छन् ।
 खगेन्द्र संग्रौला नेपालका सबैभन्दा लोकप्रिय स्तम्भकारहरुमध्ये एक हुन् । समकालीन नेपालको राजनीतिबारे पत्रपत्रिकामा छापिएका उनका कटु विश्लेषणमार्फत उनले धेरै प्रशंसक र आलोचकसमेत कमाएका छन् । उनी सबल उपन्यासकार र निबन्धकार पनि हुन् । ‘जूनकीरीको संगीत’ र ‘फूलमाया’ उनका उपन्यास हुन् भने ‘घोडा, इश्वर र मेरा बा’, ‘सम्झनाका कुइनेटाहरु’, ‘आफ्नै आँखाको लयमा’ उनका निबन्ध संग्रह हुन् । ‘आफ्नै आँखाको लयमा’को लागि उनले २०६८ सालको पद्मश्री पुरस्कार पाएका छन् ।
X