Loo

260.00

लू नयनराज पाण्डेको पाँचौं उपन्यास हो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यानकृतिमा यस युगको क्रूरता र संवेदना मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृतिमा उजागर भएको छ ।
यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।
लू नेपालको दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख–कथा हो ।
नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन् । समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका तीन कथासङ्ग्रह र सात उपन्यास प्रकाशित छन् ।
X