Warangana

300.00

उसले मेरो ओठमा चुम्न खोजिरहेको थियो तर मैले उसलाई रोकेँ। झमक्क साँझ परिसकेको थियो। छुट्टिने बेलामा प्रकाशले मेरो हातमा चुम्दै भन्यो “भोलि फेरि भेटौं है !”

घर पुग्दा रात परिसकेको थियो। आमाले मलाई देख्नासाथ गाली गर्न सुरु गरिन् ” कहाँ गाकिथिस् यति बेलासम्म ? विवाह गरेकी छोरी यति रातीसम्म बाहिर हिँड्नु राम्रो होइन। मान्छेले  भने के भन्छन् ?”

आमाका कुरा सुनेर म झसङ्ग भएँ। मेरो विवाह पो भैसकेको छ त ! मैले त बिर्सिएछु। प्रकाशले “तिम्रो विवाह भएको छैन ” भन्दै थियो। म अलमलमा परें।

मन मेरो हो कि शरीर मेरो ? कि दुवै मेरो हैन ? आमा भन्छिन् “तेरो शरीर किरणको हो। ” प्रकाश भन्छ, “तिम्रो मन मेरो हो। ” आखिर म कसकी हुँ ? मेरो मन कसको हो ? अनि मेरो को हो ? आफूले आफैंलाई  आफ्नो प्रश्न गरिरहें तर मैले कुनै उत्तर पाइनँ।

मैले प्रकाशको हातमा समाएको, अङ्गाको मारेको, काखमा राखेको र चुमेको दृश्य आँखा चिम्लेर हेरिरहें। सम्झिँदा नै मलाई बेग्लै आनन्द आयो जुन आनन्द किरणसँग एउटै खाटमा सुत्दा आएको थिएन। मलाई एक प्रकारको काउकुती लागिरह्यो।

भोलिपल्ट स्कुल जाँदैगर्दा मैले श्रीमन् सँगको सम्बन्ध, प्रकाशप्रतिको आफ्नो फ़िलिङ्ग्स आदिको वारेमा ज्योतिसँग खुलेर कुरा गरें। दिनभरि प्रकाश खुसी देखियो। उसले धेरै पहिलेदेखि गुमाएको खुसी पाएको थियो। त्यो दिन पनि स्कुल छुट्टी भएपछि उसले मलाई त्यही ठाउँमा गएर कुरेको रहेछ तर म गइनँ। घर जान मन त थिएन तर म घर नै गएँ। मलाई प्रकाशको यादले भने सताइरह्यो।

X