Ullar

220.00

यस उपन्यासले जनताको सङ्घर्षपूर्ण जीवनको कथा मात्र भनेको छैन, यसले सीमान्त तहका जनतामा जीवित मानवीय संवेदनालाई सर्वाधिक उचाइ र महŒव दिएको छ । आञ्चलिक र प्रचलित अङ्ग्रेजी शब्दलाई समेत स्वाभाविक ढङ्गले मिसाउँदै लेखिएको यस उपन्यासले जनआन्दोलन २०४६ पछिको राजनीतिक कुरुपता राम्ररी उदाङ्गो पारिदिएको छ ।
‘उलार’को भाषा विशेष मीठो छ । पात्रहरू नेपालगञ्जको स्थानीय भाषा बोल्छन् तर पाठक प्रायः नेपाली मात्र बुझ्छन् भन्ने समस्यालाई लेखक पाण्डेले सहजसँग समाधान गरेका छन् — यी दुई भाषा र सामान्यतया प्रचलित अंग्रेजी शब्दहरूलाई स्वभाविक ढंगले मिसाएर । त्यसैले पात्रहरूका अभिव्यक्तीलाई क्लिष्ट ‘साहित्यिक’ भाषाले कतै ढाक्न पाएको छैन । र प्रेमललवाको दुनियाँ, उसका भित्री चिन्तन र बाहिरी यथार्थहरू सजीवसँग चित्रण गरिएका छन् । – मन्जुश्री थापा
About the Author
नयनराज पाण्डे अब्बल उपन्यासकार र कथाकार हुन् । उनका ‘लू’, र ‘घामकीरी’ उपन्यास, तथा ‘चकलेट’ कथा संग्रह प्रकाशित छन् ।
X