Sorha Sajhaharu

348.00

सोह्र साँझहरु युद्धक्षेत्रको अध्ययन–भ्रमणमा आधारित यात्रासंस्मरण हो । युद्धमा पिल्सिएका मानिस र तिनका परिवारजनको पीडालाई यस पुस्तकले आफ्नो विषयक्षेत्रभित्र पारेको छ । त्यस्तो गम्भीर विषयलाई सरल, सरस र कलात्मक ढाँचामा प्रस्तुत गर्नु पुस्तकको विशेषता हो । प्रवाहपूर्ण भाषामा लेखिएको यस पुस्तकले एउटा सुन्दर औपन्यासिक कृतिले जस्तै पाठकलाई निरन्तर तानिरहन्छ । पढ्न थालेपछि पढिसक्ने हुटहुटी निर्माण गर्नु पुस्तकको शैलीगत सफलता हो । अन्तरवस्तुको दृष्टिले चाहिँ सामाजिक इतिहासको एउटा अभिलेख तयार गर्नुमा पुस्तकको मूल्यवत्ता निहित छ । पुस्तकमा त्यस्तो मूल्यवत्ता युद्धका विकराल क्षति अवलोकनबाट निर्मित भएको छ । अझ प्रस्तुत कृतिको मूल्यवत्ता नेपाली समाजले खोजिरहेको न्यायपूर्ण परिवर्तन र त्यसपछि स्थापित हुनुपर्ने कार्यसूचीको संकेततर्फ सिधै गाँसिएको छ । पुस्तकहरू जलाएको प्रतिक्रियामा लेखकले व्यक्त गरेका तिखा टिप्पणीले सांस्कृतिक परिष्कारको त्यही फाँटतर्फ संकेत गर्छन् । – नारायण ढकाल

X