Side Hero

448.00

मेरो दिमागमा कामना पत्रिकामा केही दिनअघि छापिएको एउटा समाचारको शीर्षक थियो, ‘सावधान, ब्रजेश आउँदै छ।

केही टेलिफिल्महरूबाट चर्चित भएको, ‘विजय-पराजय’ छायांकन सकिएको र चोट’ सिनेमाका लागि अनुबन्धित भइसकेको कारण कामनाले मलाई अब आउने समयको सम्भावनायुक्त हिरो भनेर एउटा लामो लेख छापेको थियो । त्यसका लागि मलाई हात उठाउन लगाएर एउटा फोटो पनि खिचिएको थियो । मलाई पनि पूर्ण विश्वास थियो। त्यतिबेला, अबको नेपाली सिनेमाको चम्किलो तारा भनेको म नै हुँ।

एक पलपछि के हुन्छ भन्ने कुराको ज्ञान नभएको मानिस बेलाबेला कति सजिलै भविष्यवेत्ता बनेर आश्वस्त हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरणस्वरूप म पनि त्यही मानवीय स्वभावको सिकार भएको थिएँ ।

आफूलाई भोलिको सुपरस्टार मानेर दंगदास परेको थियो भविष्यको एउटा साइड हिरो।

X