Sayaun Putali

295.00

तोदा’ र ‘इति’ जस्ता चर्चित उपन्यासकी स्रष्टा उमा सुवेदीको यो पाँचौं कृति र पहिलो कथा सङ्ग्रह हो । विशेषतः भुइँमान्छे र नारीका मुद्दामा केन्द्रित कथा लेख्न रूचाउने सुवेदीका यस सङ्ग्रहमा सङ्कलित कथाहरू सरल शैली र शिल्पमा लेखिएका छन् । उनी आफ्ना कथामार्फत आममान्छे र नारीजीवनका जटिलता र सङ्घर्षलाई बडो मिहिन ढङ्गले शब्दमा उतार्छिन् । यो उनको कथालेखनको बलियो विशेषता हो । विषय र प्रस्तुतिमा विविधता र नयाँपन उनको लेखनको अर्को उल्लेखनीय विशेषता हो । सुवेदीका कथा यथार्थको भावुक वर्णन र चरित्रहरूका दुःखका गाथा मात्र नभएर समाजसित गरिएका आक्रोश सहितका प्रश्नहरू पनि हुन् ।

X