Nirved

350.00

मानिसको गन्तव्य सुख हो । सुख र सन्तुष्टि भन्ने कुरा पनि अमूर्त छन् । यसलाई व्याख्या गर्ने कार्य झन् कष्टकर छ । धेरैले प्रयत्न गरिसक्दा पनि सुख परिभाषित हुनसकेको छैन । कसैले सुखलाई स्वर्ग, कसैले ब्रह्मत्व, कसैले बुद्धत्व र कसैले सम्पत्ति पनि भन्दछन् । जसलाई यी कुनै कुराबाट पनि सुखानुभूति हुँदैन त्यसले नै आफ्ना लागि आफै मार्गको अन्वेषण गर्न थाल्दछ । भावमा अभावको, उपस्थितिमा अनुपस्थितिको, ज्ञानमा अज्ञानको बोध वैराग्य अर्थात् निर्वेद हो । निर्वेद त्यो बिन्दु हो, जसबाट बटुवा आफ्नो गन्तव्यको आभा दर्शन गर्दछ ।

X