Madhya Pahad Yatra

375.00

नेपालको मध्यपहाडको पूर्वी सीमाना चिवाभन्ज्याङदेखि पश्चिमी सीमाना झुलाघाटसम्मको एक महिने यात्राको लक्ष्य, तयारी, व्यवस्थापन, कार्यान्वयन, कार्यविधि, कार्यशैली, अनुभव, चुनौतीलगायतका समग्र पाटापक्षबारे लेखकले अत्यन्त रोचक, तथ्यपूर्ण, सजीव र सुन्दर ढङ्गले अभिलेखिकरण गर्नुभएको छ । यो कार्य हामी सहभागीहरूमध्ये गंगा श्रेष्ठबाट मात्रै सम्भव हुन्थ्यो । किनकि, यो अभियानमा सुरुदेखि अन्त्यसम्म सहभागी हामी करिब एक दर्जन व्यक्तिमध्ये पूर्व तयारीदेखि कार्ययोजना निर्माण र व्यवस्थापनसम्मको थप कार्यभार उहाँले वहन गर्नुभएको थियो । त्यसमाथि विद्यार्थी कालदेखि जनयुद्ध हुँदै अहिलेसम्मको राजनीतिक र सङ्गठनात्मक निरन्तरता उहाँसँग छ भने उहाँ नेपालको साहित्यिक र सांस्कृतिक क्षेत्रको एक स्थापित नाम पनि हो । उहाँको वहुआयामिक क्षमताको प्रतिबिम्बन पुस्तकमा राम्ररी भएको छ ।

– डा. बाबुराम भट्टराई

X