Kranti Ra Pratikranti

795.00

किशोरवयमै पत्रकारिता र राष्ट्रिय राजनीतिमा सक्रिय रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रका गहन अध्येता हुन् । देशको उच्च राजनीतिक र कूटनीतिक जिम्मेवारी समालिसकेका पाण्डेको कलम पनि उत्तिकै सशक्त छ । नेपालको समसामयिक राजनीति तथा कूटनीतिक अनुभवका जीवन्त सङ्ग्रह पाण्डेको कुशल लेखनीको उपहार हो- क्रान्ति र प्रतिक्रान्ति ।

नेपालको कूटनीतिक मामिलामा रमेशनाथ पाण्डे ‘ब्रान्ड नेम’ हो । प्रतिस्पर्धी दलहरूका नेताहरूले सल्लाह लिने साझा व्यक्ति, कूटनीतिक समुदायले कुरा सुन्ने सम्मानित व्यक्ति र विश्वका सञ्चार माध्यमहरूले अन्तर्राष्ट्रिय घटनाहरूमा विचार उद्धृत गर्ने पाण्डेलाई ‘नेपालको चाणक्य’ पनि भनिन्छ ।

भर्खरै छैटौं संस्करण प्रकाशित कूटनीति र राजनीतिमार्फत आमपाठकमा गहिरो प्रभाव पार्न सफल पाण्डेको दोस्रो कृति क्रान्ति र प्रतिक्रान्तिले देशको राजनीतिक र कूटनीतिक उतारचढावको विश्लेषणलाई विचारोत्प्रेरक सिप र प्रभावकारी शैलीमा वर्तमान परिदृश्यका यथार्थ चित्र र भविष्यका सम्भावना प्रस्तुत गरेको छ ।

क्रान्ति र प्रतिक्रान्तिमा समाविष्ट बीपी कोइरालाका हस्तलिखित चिठीहरूले क्रान्ति र प्रतिक्रान्तिमा, धर्म र साहित्यमा, राजनीतिक र सामाजिक जीवनमा बीपीको आधिकारिक विचार प्रस्तुत गरेका छन् ।

X