Kopila Ashram

398.00

कुनै पनि आवरणका द्वन्द्व, युद्ध, क्रान्ति वा सशस्त्र आन्दोलन — सबैले राजनीतिक परिवर्तन नल्याउन सक्छन् । तर हरेक द्वन्द्वले घरहरू भत्काउँछ । कोही एक्लो हुन्छ, कसैले बा गुमाउँछ, कसैले आमा, कसैले छोरा त कसैले छोरी । जे होस्, कसैले अभीष्ट पूरा
गर्दागर्दै अर्को कसैले ‘घर’ हराउँछ । यसरी घर हराएका मानिसको नयाँ ‘घर’ कोपिला आश्रम र त्यसका सञ्चालक हरिरामजीको सफलताको कथा हो यो । कोपिला आश्रम अरु केही नभएर टुहुरा बालबालिकालाई आश्रय दिने नाममा पश्चिमा मुलुकतिर पठाउने संस्था हो । कथाको केन्द्रमा छन् हरेरामजी, जो थोरबहुत शिक्षित र खराब पृष्ठभूमिका छन् । कोपिला आश्रममा ल्याइएर विदेश पठाइएका हरेक बालबालिकाको उनी अभिलेख राख्छन्, जसबाट हामी ति बालबालिका कसरी टुहुरा भए भन्ने पूर्वकथा थाहा पाउन सक्छौं ।

गङ्गालाल ह्दय केन्द्रसँग आबद्ध रामेश कोइराला मुटु विशेषज्ञ हुन् । उनको संस्मरण ‘आमाको मुटु’ यसअघि प्रकाशित भइसकेको छ ।

X