Karnali Blues

450.00

छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो कर्नाली ब्लुज । सानो छँदा आफ्ना पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान् ठान्ने छोराले आफ्नो हुर्काइसँगै आफ्ना पिताबारे धारणाहरु फेर्दै जान्छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्धाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कु जस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन् । उपन्यासमा बाल्यकालका बिठ्याँइहरु छन्, र छन् फरकफरक पात्रका मन छुने कथाहरु । उपन्यासमा कैयौं दृश्य हास्यप्रधान छन् त कैयौं ह्दय छुने ।
बुद्धिसागर सशक्त कवि तथा उपन्यासकार हुन् । उनको ‘बुद्धिसागरका कविता’ संग्रह प्रकाशित छ भने दोस्रो उपन्यास ‘फिरफिरे’ हो ।
X