Kanchha Maharani

495.00

द अदर क्विन’मा शीवा शाहले षडयन्त्र, धोका र विश्वासघातले भरिएको ऐतिहासिक कालखण्डबारे महिलाको दृष्टिकोणबाट कथावाचन गरेकी छन् । उपन्यासकारले प्रमुख पात्र राजेन्द्रलक्ष्मीको आन्तरिक जीवनको सेरोफेरोमा एउटी महारानी र मुलुकको भाग्य कसरी एकापसमा गाँसिएको छ भन्ने कथा नाटकीय एवं चाखलाग्दो ढङ्गले प्रस्तुत गरेकी छन् । – मञ्जुश्री थापा

‘सिनेम्याटिक’ शीवा शाहले इतिहासलाई सूक्ष्म ढङ्गले आख्यानमा बुनेकी छन् । यो उपन्यासमा हामी एक असाधारण महिला पात्रको कथा पाउँछौं ।
– प्रज्ज्वल पराजुली

‘कान्छा महारानी’ पढिसकेपछि पाठकलाई यो किताब कतै पहिले नेपालीमै लेखिएर अङ्ग्रेजीमा अनुवाद भएको त होइन भन्ने लाग्न सक्छ । म यसलाई सगुना शाहको अनुवाद शिल्पको कमाल ठान्छु । नेपाली साहित्यले एउटा उत्कृष्ट उपन्यास पाएको छ।
– विप्लव प्रतीक

काठमाडौंकी शीवा शाह हाल गोवा (भारत) मा रहेर अङग्रेजी नाटक मञ्चनमा सक्रिय छिन् । उनका बियन्ड द इलुजन र फेसिङ माई फ्यानटमस प्रकाशित छन् । कान्छा महारानी उनको उपन्यास द अदर क्विनको अनुवाद हो ।

सगुना शाह एक दशकदेखि अङ्ग्रेजी साहित्य र फ्रान्सेली भाषा अध्यापन एवं नेपाली रङ्गमञ्च र पठन संस्कृतिको प्रवर्धनमा सक्रिय छिन् । उनका निबन्ध, कविता, समालोचना र अनुवाद प्रकाशित छन् ।

X