Daman Raj Tuladhar

555.00

इतिहासका एक दुर्लभ पात्र हुन्- दमनराज तुलाधर । राणाकालीन चाकरीमा खाइखेलो गरेको आफ्नो पुख्र्यौलीलाई उधिन्दै राणाविरोधी आन्दोलनका एक निर्भीक अभियन्ता बनेका उनी बहुआयामिक जीवनका भोक्ता हुन् ।

श्री ३ महाराजहरूदेखि राजा महेन्द्रसम्मका भित्री कथा, २००७ सालको क्रान्तिको जग बसाल्न खेलिएको भूमिकाका मसिना टिप्पणीका साथै नेपाल-भारत वाणिज्य सन्धि, छुट्टै पारवहन सन्धि, नेपाल-तिब्बत सीमास्तम्भ स्थापनादेखि शाही भूमिसुधार आयोगका कथ्य यस पुस्तकमा छन् ।

व्यक्तिगत जीवन भोगाइलाई रसिक ढङ्गले प्रस्तुत गर्दै उनले नेपालको निजामती कर्मचारीतन्त्र र शासनपद्धतिको उछितो काढेका छन् ।

राजा महेन्द्रसँग सोमरसपान गर्दै उनका भाषण र पुस्तक लेखन तथा भाषानुवाद गरेका दमनराजको ३८ वर्षदेखि ‘प्रतिबन्धित’जस्तै रहेको यो पुस्तक व्यक्तिगत पाखण्ड र मपाईंत्वले थिलथिलो परेको आत्मकथा लेखनीको बजारमा ‘नेपाली माटो चिनेको नमुना आत्मकथा’ हो ।

X