China Harayako Manche

398.00

Availability: 11 in stock

जीवनको एउटा महत्वपूर्ण घडीले महान् कलाकार हरिवंश आचार्यलाई आफू र आफ्ना नेपाली आफन्तका लागि यो पुस्तक लेख्न लगायो ।
अभिनय गरेर अरुलाई पेट मिचीमिची हँसाउन र धरधरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् ? यसको बेलीबिस्तार पुस्तकमा छ ।
‘चिना हराएको मान्छे’ नेपालका एक महान् कलाकारले नेपालीलाई आफ्नै छोराले दिएको थप उपहार हो । यो पुस्तक पढिसकेपछि नेपाली बाआमालाई आफ्नै छोराको जीवन पढे जस्तो लाग्नेछ, नेपाली दाईदिदीहरुलाई आफ्नै भाइको र नेपाली भाइबहिनीहरुलाई आफ्नै दाइको जीवन पढे जस्तो लाग्नेछ ।’
–अमर न्यौपाने

हरिवंश आचार्य बहुचर्चित हास्य कलाकार तथा निर्देशक हुन् । उनले मदनकृष्ण श्रेष्ठसँगको तीन दशक लामो सहकार्यमा दर्जनौं टेलीश्रृङखला तथा प्रहसनहरुमा अभिनय तथा निर्देशन गरेका छन् ।

X