Ashwathama

495.00

इतिहास समयको दस्ताबेज हो तर लेखकीय पक्षधरतामा निर्भर रहन्छ । दृष्टिकोणको पक्षपोषणमा केन्द्रित हुने हुँदा इतिहासलाई यथार्थको कसीमा नाप्नु श्रमसाध्य कार्य हो ।

हामीले महाभारतको कथा पढेका छौं, हेरेका छौं र सुनेका छौं । अध्यात्मले चिरञ्जीवी मान्छ अश्वत्थामालाई । सर्वत्र विश्वास गरिएको महाभारत युद्ध कुरूक्षेत्रमा मात्र सीमित रहेन । भारतवर्षका कुशल योद्धाहरू सम्मिलित धर्मयुद्धको समाप्तिसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ ।

महाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको तुलना मात्र होइन, तत्कालीन समाज, राजनीति र घटनाहरूको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रहरूलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ ।

X