Aadha Joon

300.00

पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवाले गरेको उत्सर्गको कथामा आधारित राजनीतिक उपन्यास हो ‘आधा जून’ । २०३६ सालको विद्यार्थी आन्दोलन र तत्कालीन नेकपा मालेको राजनीतिमा संलग्न निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिँधमा परेका सर्वसाधारणले राज्यबाट भोगेको तिरस्कार र अपमान, ग्रामिण समाजमा रहेको शक्तिसम्बन्ध केलाएको छ ।
इतिहास र स्वैरकल्पनाको दोसाँध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन्त अभिलेख हो ।
झलक सुवेदी राजनीतिक विश्लेषक तथा मुल्यांकन मासिकका पूर्वसम्पादक हुन् । उनको ‘ब्रिटिश साम्राज्यको नेपाली मोहरा’ पुस्तक प्रकाशित छ ।
X